चलचित्र कलाकार संघको कोभिड विरुद्धको खोप कार्यक्रम

साउन २४,काठमाण्डौ ।  नेपाल चलचित्र कलाकार संघले कोभिड विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।

आईतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड १९ विरुद्धको खोप लगाएकाहरुलाई कोरोना संक्रमण भएपनि सामान्य रहने बताउनुभयो । नेपाल चलचित्र कलाकार संघले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कोरोना खोप लगाएपछि कोभिड १९ संक्रमित भएकाहरुले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । कलाकारितामा काम गर्नेहरु धेरै क्षेत्रमा हिंड्नुपर्ने भएकोले यो कार्यक्रमले कलाकारलाई समेटेको उहाँले बताउनुभयो । कोभिड विरुद्धको खोपका लागि आफू जहाँ गएर पनि टेबुलटक गर्न तयार रहेको उहाँले बताउनुभयो ।

उहाँले कोभिड विरुद्धको खोप लगाउनको लागि ललितपुर महानगरले गर्नुपर्ने काममा आफू सदैव तत्पर रहेको बताउनुभयो ।

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री देउवालाई संसदप्रति जवाफदेही बन्न तर राजनीतिक संयन्त्रको बन्धन नबन्न आग्रह

Sun Aug 8 , 2021
साउन २४,काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी (नेकपा एमाले) फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको गम्भिर आरोप लगाउनु भएको छ । आईतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रीपरिषदमा समावेश गरौंला […]