प्रचण्डको दौडधुप तिब्र, सत्ता समीकरणमा व्यस्त

साउन १७, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई दिनदेखि बिभिन्न नेताहरुसंग भेटघाटमा व्यस्त रहे । खासगरि, सत्ता समीकरण मिलाउन उनको दौडधुप चलेको हो ।

बिभिन्न दलका नेताहरुसंग भेटेर आज आइतबार उनि आफ्नो पार्टीको बैठकमा सहभागी भए । सरकार गठन भएको लामो समयसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा प्रचण्डले राजनीतिक भेटवार्तालाई बढाएका छन् ।

उनले सत्तारुढ गठबन्धनका नेताहरूसँग निरन्तर वार्ता गरिरहेका छन् । यही क्रममा प्रचण्डले आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटे । नेता नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका थिए ।

एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला प्रचण्ड र नेपालबीचको आजको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । दुई नेताबीच आज सत्ता सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यता एमालेको नेपाल समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ । नेपाल समूह भित्रैका केहीले पार्टी एकतामा जोड दिँदै सरकारमा जान नहुने बताइरहेका छन् भने कतिपयले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताइरहेका छन् ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । सो अवसरमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको थियो ।

 

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दक्षिण कोरियाको निर्यात २९.६ % ले वृद्धि भएर ५५ अर्ब ४४ करोड डलर

Sun Aug 1 , 2021
साउन १७, सोल(दक्षिण कोरिया)  । कोभिड–१९ महामारीका कारण  कमजोर बनेको दक्षिण कोरियाली अर्थतन्त्र जुलाईमा भने सुधार भएको छ । खोपका कारण कोभिड–१९ संक्रमण दरमा कमी आएपछि यहाँबाट वस्तुका लागि विश्वव्यापी मागमा पनि सुधार देखिएको छ । दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार कोरियाको समग्र सामानको निर्यात दरमा वृद्धि […]