बाह्रखरी कथा प्रतियोगिता–२०७८ हुने घोषणा

साउन ३१ ,काठमाण्डौ । नेपाली साहित्य क्षेत्रको सबैभन्दा ठुलो कथा लेखन प्रतियोगिता ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ घोषणा गरिएको छ ।

आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ को घोषणा गरिएको हो । बाह्रखरी बुक्सले आयोजना गरेको सो कथा प्रतियोगितामा सहभागिता जनाउनका लागि कथाकारहरुलाई २०७८ साल भदौ ३१ गतेभित्र बाह्रखरी कथाको इमेलमा कथा पठाउन र संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आव्हान गरिएको छ ।

बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन्द अधिकारीले कथाकारहरुलाई कथा लेख्ने उत्साह र प्रेरणा दिने उद्देश्यसाथ कथा प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले उत्कृष्ट कथाहरुलाई पुरस्कृत गर्नुका अलावा कथाहरु समेटेर किताब निकाल्नेपनि बताउनुभयो । कथा प्रतियोगिताको नतिजा २०७८ मंसिर ३ गते विशेष कार्यक्रमबिच सार्वजनिक गरिने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई ४० हजार रुपैयाँ पुरस्कार राशि घोषणा गरिएको छ । उत्कृष्ट तीनसहित अन्य उत्कृष्ट २५ जनाभित्र पर्ने अन्य २२ जना कथाकारलाई पनि जनही पाँच हजार रुपैयाँका दरले पुरस्कृत गरिने बाह्रखरी मिडियाका कार्यकारी सम्पादक अधिकारीले बताउनुभयो ।   कथा कम्तीमा १५ सय शब्द र बढीमा ४ हजार शब्दसम्मको हुनुपर्ने जनाइएको छ । कथा 12kharibooks@gmail.com / books@baahrakhari.com मा पठाउन बाह्रखरी बुक्सले आग्रह गरेको छ ।

 

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धितोपत्र बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाको बचाऊमा

Sun Aug 15 , 2021
साउन ३१ ,काठमाण्डौ । अध्यक्ष भिष्मराज ढुंगानाले छोरीमार्फत् गरेको सर्वोत्तम सिमेन्टको सेयर कारोबारको नेपाल धितोपत्र बोर्डले बचाउ गरेको छ । आईतबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले विवाहित छोरीले गरेको सो सेयर कारोवारमा अध्यक्ष ढुंगानाको संलग्नता हुने कुनै पनि कानुनी प्रावधान नरहेको स्पष्टिकरण […]