सप्तकोशीमा यस वर्षकै उच्च वहाव

भदौ १३,काठमाडौं । सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ ।

केहि दिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो ।

पहिल्लो मापनले सोरेकर्डलाई समेत उछिनेको छ । पूर्वका अधिकांश भेगमा वर्षा जारीरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आंकलन गरिएको छ ।

यसैबिच निरन्तरको वर्षासँगै कोशीको वहावमा निकैनै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमाआएको उतार चढावका कारण यस अघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पूनः कटान सुरु भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नदीले टापु क्षेत्रका केहि स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए । उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ । नदीको वहाव बढेसँगै प्रजिअ सहितको टोली कोशी क्षेत्रको निरिक्षणमा निस्केको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उत्पत्तिको प्रमाणपत्र सम्बन्धि समिति गठन

Sun Aug 29 , 2021
  भदौ १३,काठमाडौ । नेपालमा उत्पादन भएका वस्तुहरुको निकासीका लागि उत्पत्तिको प्रमाणपत्रलाई थप व्यवस्थित तथा सहजिकरण गर्न नेपाल उद्योग परिसंघले उत्पत्तिको प्रमाणपत्र सम्बन्धि समिति गठन गरेको छ । समितिले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधिको व्यवस्था अनुसार नेपालबाट निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र सहज तथा सरलरूपमा निर्यातकर्तालाई उपलब्ध गराउने जनाएको […]