आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने : राज्यमन्त्री उमेश श्रेष्ठ

असोज १३,काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताउनु भएको छ ।

राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने गरी काम गरिरहेको जानकारी समेत दिनु भयो । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको बताउनु भयो । वर्तमान सरकारले आफ्नो करिव ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उहाँको भनाई छ । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको बताउनु भयो ।

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरुको सुधार गर्न सरकार लागि परेको बताउनु भयो । कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदुषणबाट बच्ने र नियमित शारिरीक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गर्नु भयो । उहाँले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिनु भयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिका भित्र साँढे ३२ किलोमिटर साईकल ट्रयाक बनाएको जानकारी दिनु भयो । उहाँले साईकल चढेर नागरिकहरुले शारिरीक व्यायाम गरुन भनेर ललितपुर महानगरपालिका भित्रको चक्रपथमा १५ दशमलव ८ किलोमिटर साईकल ट्रयाक बनाउने योजना तय गरेको समेत बताउनु भयो ।

कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. रवी मल्ल, क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल, मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, स्थायू रोग विशेषज्ञ डा. बसन्तराज पन्त र समाजसेवी कृष्ण कँडेललाई सम्मान गरिएको थियो ।

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोकाकोलाको बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरीने

Wed Sep 29 , 2021
 असोज १३,काठमाडौं ।  कोकाकोलाले यस वर्षको दसैँलाई केन्द्रीत गरी कोकका बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरी उपभोक्ता माझ पठाउने भएको छ । कोकाकोलाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको दसैँलाई लक्षित गरी धन्यवाद लेखिएको कोकाकोला बजारमा ल्याइएको जानकारी दिएको हो । यसको मुख्य आशय कोभिड १९ को महामारीको कठिन समयमा व्यक्तिसँग […]