आज विश्वकर्मा दिवस ,विश्वकर्मा भगवान्‌को पुजा आरधना गरी मनाउँदै

सोज १,काठमाडौ ।  विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाइएको छ । विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

विभिन्न कलकारखाना लाई विशेषरूपमा सजाई मजदूरलाई समेत सहभागी गराएर बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

विश्वकर्मा पुजा अटो मोवाइल क्षेत्रमा सबै भन्दा ठुलो उत्सव रहेको छ। विश्वकर्मा पुजाको अवसरमा  सिप्रदी ट्रेडिङ प्रालीमा  विशेष रुपमा विश्वकर्मा पुजा सम्पन्न गरीएको छ । आज को दिन १३ वटा गाडिहरु कम्मिट गरीएको र सो गाडीहरुको पुजा आजा गरी डेलिभरी गरीने स्वरुम इन्चार्चले बताए ।

विश्वकर्मा पुजा विशेष आजको दिनको लागि मात्र सिप्रदी ट्रेडिङ ग्राहकहरुलाइ विशेष प्याकेज को समेत व्यवस्था गरेको जनाएको छ । सो विशेष प्याकेज डिलिभरको समयमा मात्र ग्राहकहरुलाई भन्ने  इन्चार्च बताउँछन ।

यस पुजाको अवसर पारेर सिप्रदी ट्रेडिङ ले दशै अफर पनि सार्वजनिक गरेको छ । सबै गाडिहरुमा २ लाख सम्मको नगद छुट्, नामसारी खर्च्, ३ वर्ष सम्मको ग्यारेन्टी लगायतका अफरहरु रहेको स्वरुम इन्चार्च ले जानकारी दिए ।

सेयर गर्नुहोस्
  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा

Fri Sep 17 , 2021
असोज १, काठमाडौ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ । लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका अध्यक्ष इञ्जिनीयर दिपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । […]