उद्योग परिसंघ र चार्टर्ड एकाउन्टेन्ट्स संघ बीच समझदारीपत्रमा हस्ताक्षर :आपसी सहयोग अभिवृद्धि गर्ने

असोज १४,काठमाडौं ।आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गर्नुभएको हो ।समझदारी अनुसार दुवै संस्थाले एकआपसमा सहयोग अभिवृद्धि गर्ने जनाइएको छ ।

दुवै संस्था मिलेर आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि पनि काम गर्ने समझदारी पत्रमा उल्लेख भएको र साना तथा मझौला उद्योगका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालन गर्न पनि दुवै निकाय सहमत भएको बताइएको छ ।
समझदारी अनुसार परिसंघका विभिन्न समितिमा संघको तर्फबाट पदेन सदस्यको रुपमा प्रतिनिधित्व रहने तथा यसैगरी दुवै संस्थाकाप्रदेश एवं जिल्लातहमा समेत समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गर्ने समेत समझदारी पत्रमा उल्लेख छ ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले आफ्ना कार्यक्रम विस्तारका क्रममा विभिन्न निकायसँग समझदारी गरेर अघि बढिरहेको बताउनुभयो । यस सझदारीले दुई निकाय बीच आपसी सम्बन्ध विस्तार भइ एक अर्काका सदस्यहरुले लाभ लिन सक्ने अध्यक्ष अग्रवालले उल्लेख गर्नुभयो ।यसैगरी संघका अध्यक्ष आनन्द राजशर्मा वाग्लेले अर्थतन्त्र विस्तारका लागि नीतिगत स्थिरता आवश्यक पर्ने र त्यसका लागि दुवै निकायले मिलेर अघि बढ्न सकिने बताउनुभयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

Thu Sep 30 , 2021
असोज १४,काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको छ । साईकल खरिद प्रक्रियामा अनियमितता भएको र साईकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको हो । टोलीले सो सम्बन्धि […]