एसिएन अफ्रिकन चेम्बर अफ कमर्शमा डा. पोखरेल

 

भदौ २८ ,काठमाडौं । एसिएन अफ्रिकन चेम्बर अफ कमर्श एण्ड ईन्डस्ट्रिजको नेपाल चेप्टरमा वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा. शम्भु पोखरेल चयन भएका छन् । चेम्बरको सोमबार बसेको सञ्चालक समितिको बैठकले त्यस्तो निर्णय गरेको एसिएन अफ्रिकन  चेम्बर अफ कमर्श एण्ड ईण्डस्ट्रिजले जनाएको छ । एसिया र अफ्रिकाका देशहरुको व्यवसायीहरु तथा व्यवसायीक एशोसिएसनहरु सदस्य रहेका सो चेम्बरको पहिलो पटक नेपाल चेप्टर सुरु भएको हो ।

आफु नेपाल चेप्टरको अध्यक्ष भएपछि अब नेपाल र एसियाका अन्य मुलुकहरु र अफ्रिकाका मुलुकहरुमा व्यवसाय प्रवर्धनमा सहयोग पुग्ने अध्यक्ष डा.शम्भु पोखरेलले बताएका छन् । वर्ल्ड ट्रेड ग्रुप अन्तर्गत नेपालमा बिजनेश टेलिभिजन, सिईओ क्लब, ब्ल्याकहोल आईटि सोलुसन, काठमाण्डौ स्कुल अफ बैंकिङ एण्ड इन्युरेन्स लगाएतका दर्जन बढि संस्थाहरु सञ्चालनमा रहेका छन् ।

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केही समय खर्च गर्ने अवस्था नहुन सक्छ : जनार्दन शर्मा

Tue Sep 14 , 2021
भदौ २८ ,काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले केही समय खर्च गर्ने अवस्था नहुन सक्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले संसदबाट विनियोजन विधेयक २०७८ पारित हुन समय लागेको खण्डमा केही समयका लागि खर्च गर्ने अवस्था नहुनपनि सक्ने बताउनुभएको हो । उहाँले विधेयक पारित गर्नका […]