काँग्रेस केन्द्रिय कार्यालयमा नेपाल मुस्लिम संघको धर्ना सुरु

भदौ २३,काठमाडौं । नेपाली काँग्रेसमा आवद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समूदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिन सुरु गरेको छ ।

संघका सभापति अब्दुल सत्तार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समूदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दवाव दिँदै केन्द्रिय कार्यालयमा धर्ना दिन सुरु गरेको हो । प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरुलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दवाव दिन आफूहरुले धर्नालगायतका दवाव आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको संघका सभापति सत्तारले बताउनु भयो ।

उहाँले आफूहरुको सो माग सम्बोधन नभएसम्म पार्टी केन्द्रिय कार्यालयको धर्ना कार्यक्रमलाई निरन्तरता दिने चेतावनी समेत दिनु भयो । सभापति सत्तारले भन्नु भयो, ‘पार्टी भित्र आफूहरुले प्रवेशनै नपाउने गरी जुन अवस्था आयो । त्यसको विरुद्धमा धर्ना सुरु गरेका छौं । जबसम्म निर्वाचन निर्देशिकामा भएको त्रुटि सच्याएर आउँदैन् तबसम्म यसलाई हामी जारी राख्छौं । आगामी भदौं २७ गते भित्र आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलनमा जानुपर्ने हुन सक्छ ।’

संघले पार्टीको सबै निकायमा सबै समूदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने पार्टीको विधान अनुसार महाविधेशन प्रतिनिधि चयन हुने गरी निर्वाचन निर्देशिक सच्याउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९–१३ सम्म काठमाडौं हुने कार्यक्रम तय गरिएको छ । त्यसका लागि प्रतिनिधि चयनमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गराउन मुस्लिम संघले पनि पार्टी नेतृत्वलाई दवाव दिन सुरु गरेको हो ।

सेयर गर्नुहोस्
  • 21
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्टार्ट अपहब नेपाल र ग्लोबल इक्वीटी फण्ड बिच सम्झौता :स्टार्ट अपको क्षेत्रमा लगानी गरिने

Wed Sep 8 , 2021
  भदौ २३,काठमाडौं । स्टार्ट अपहब नेपाल र ग्लोबल इक्वीटी फण्ड बिच स्टार्ट अपको क्षेत्रमा लगानी गर्ने विषयमा सम्झौता भएको छ । स्टार्ट अप वर्ल्ड कपको नेपालको लागी आधिकारीक पार्ट्नर स्टार्ट अपहब नेपाल र नया सोचका साथ स्थापित भएको ग्लोबल इक्वीटी फण्डले एक अर्कामा साझेदारी सम्झौतामा हक्ताक्षर गरेका हुन । […]