केही समय खर्च गर्ने अवस्था नहुन सक्छ : जनार्दन शर्मा

भदौ २८ ,काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले केही समय खर्च गर्ने अवस्था नहुन सक्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले संसदबाट विनियोजन विधेयक २०७८ पारित हुन समय लागेको खण्डमा केही समयका लागि खर्च गर्ने अवस्था नहुनपनि सक्ने बताउनुभएको हो । उहाँले विधेयक पारित गर्नका लागि छलफल भने गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अब विधेयक पारीत गर्न छलफल, वार्ता, सहमती हामी गरिराखेका छौँ । सहमती हुँदा त्यसलाई हामी सहमती अनुसार पारीत गर्छौ । नहुँदा नियमित प्रक्रिया पुर्‍याएर पारीत गर्छौ । पारीत गर्न केही समय ग्याप रह्यो भनेपनि त्यसपछि खर्च गर्ने हुन्छ । केही समयमा खर्च गर्ने अवस्था नहुन पनि सक्छ । तर हाम्रो कोसिस वार्ता, संवादतिर चलिराछ ।’

अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको भन्दै त्यस अन्र्तगत कर उठिराख्ने पनि बताउनुभयो ।

सेयर गर्नुहोस्
  • 10
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्माण व्यवसायीहरुको ‘श्रम समूहमार्फत् १० करोडसम्मको निर्माण कार्य गर्न सकिने’ प्रावधान तत्काल हटाउन सरकारसँग माग

Tue Sep 14 , 2021
भदौ २८ ,काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले प्रतिस्थापन बजेटमा उल्लेखित ‘श्रम समूहमार्फत् १० करोडसम्मको निर्माण कार्य गर्न सकिने’ प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजनीतिक पार्टीका कार्यकर्ताहरुलाई पोस्नेगरी आएको सो प्रावधान मान्य नहुने चेतावनी दिँदै तत्काल हटाउन सरकारसँग माग गरेको हो […]