चितवन जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने तयारी

भदौ २७,काठमाडौं । चितवन जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार महानगरमा विद्यालय सञ्चालनका लागि १५ बुद्धे मापदण्ड तयार गरिएको छ ।
मापदण्डअनुसार असोज १ गते कक्षा ९ देखि १२ सम्म भौतिक रुपमा सञ्चालन गर्ने, त्यसपछि एक हप्ताको अवस्थाका आधारमा कक्षा ६ देखि ८ सम्म र बालविकास कक्षादेखि कक्षा ५ सम्म क्रमशः भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन गरिने जनाएको छ ।

एउटा कक्षामा २५ विद्यार्थी सहभागी बनाई अध्ययन अध्यापन शुरु गर्ने र एउटा बेन्चमा दुई जना राख्ने गरी व्यवस्था गरिएको बताएको छ ।

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसदीय मर्यादा विपरितका गतिविधि बन्द गर्न पार्टीका सांसदहरुलाई केपी शर्मा ओलीको कडा निर्देशन

Sun Sep 12 , 2021
भदौ २७,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय मर्यादा विपरितका गतिविधि बन्द गर्न पार्टीका सांसदहरुलाई कडा निर्देशन दिनु भएको छ । अध्यक्ष ओलीले वेल घेराउ गर्ने र तोकिएको नारामात्रै लगाएर हामी आफैले निधारण गरेर संसदीय मर्यादा, सीमाको ख्याल गर्न पनि पार्टीका […]