डाएलाईसिस मेसिन तत्काल थप गर्न शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

असोज ६,काठमाडौ ।संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले डाएलाईसिस मेसिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा समितिकी सभापति जयपुरी घर्तीले समितिले नेपालका नागरिकहरुमा इच्छाशक्तिको कमी भएकोले आत्मबल बढाउन मन्त्रालयले विभिन्न जनचेतनामुलक कार्यक्रम राख्नुपर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले छिटो भन्दा छिटो डाएलाईसिस गर्ने किड्नी ट्रान्सप्लान्ट गराउने कुरामा तत्काल ध्यान दिन पनि मन्त्रालयलाई निर्देशन दिनुभयो । किड्नी फेल हुने समस्या नेपालीहरुमा धेरै पाइएकोले यसलाई कसरी कम गर्ने भनेर अध्ययन गर्न आवश्यक रहेको भन्दै सभापति घर्तीले क्यान्सर, औलो र किड्नी ट्रान्सप्लान्टको उपचारको लागि विशेष अस्पतालहरु बनाउन पनि सुझाव दिनुभयो ।

सभापति घर्तीले समितिले गरेको निर्णय र सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।

सेयर गर्नुहोस्
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शेयर बजार परिसुचक नेप्से  १०४ दशमलव ८८ अंकले वृद्धि, ६ अर्ब भन्दा माथिको कारोवार

Wed Sep 22 , 2021
असोज ६,काठमाडौ ।शेयर बजार परिसुचक नेप्से  १०४ दशमलव ८८ अंकले बढेर २ हजार ८१६ दशमलव ९५ विन्दुमा पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९ दशमलव ४७ अंकले बढेर  ५२८ दशमलव १० विन्दुमा पुगेको छ । बैंकिङ्ग क्षेत्रको परिसुचक ३ दशमलव २८ प्रतिशत, विकास बैंक […]