ऐतिहासिक तथा पूरातात्विक सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु

भदौ २१,काठमाडौ । काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ ।

२०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि छानो छाउने काम सुरु गरिएको हो । सातौं शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिंगटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनु भयो । उहाँले सो सम्पदाको पुनर्निर्माणको काम सम्पन्न गर्न अझै केही महिना लाग्ने पनि स्पष्ट पार्नु भयो । समितिले पूरानै मौलिकतालाई कायम राखेर सो सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेर विश्वलाई नै नमूना उदाहरण पेश गर्न सक्षम हुने दावी समेत गरेको छ ।

हालसम्म यो सम्पदाको पुनर्निर्माणका लागि ११ करोड ५० लाख रुपैया खर्च गरिएको छ । काठमाडौं महानगरपालिकाको अनुदान सहायतामा भईरहेको पुनर्निर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना तय गरिएको समितिका अध्यक्ष शाक्यले बताउनु भयो ।

काठैकाठको प्रयोग, झिंगटीको छाना, चारकुने इँटका गरा, लेसाइलो मोटाको लिपाई र मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना थियो–काष्ठमण्डप । समितिले सोही मौलिक प्रविधिको उपयोग गरी यसको पुनर्निर्माण गरेकाले काम सम्पन्न गर्न समय लागेको पनि स्पष्ट पारेको छ । करिव १९ करोड लागत अनुमान गरिएको सो ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदाको पुनर्निर्माणको काम अव छिट्टै सक्ने समितिको योजना छ । सोही योजना अनुसार छानो छाउने कामलाई सुरु गरिएको समितिका अध्यक्ष शाक्यले बताउनु भयो ।

 

 

सेयर गर्नुहोस्
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारी आन्दोलित

Tue Sep 7 , 2021
भदौ २१,काठमाडौ ।  स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरुले विभिन्न माग राखि प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरुको उपयोगका लागि हस्तान्तरण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णयमा हस्तान्तरण सम्बन्धी नियमावली बनाई हस्तान्तरण गर्ने भनिएपनि सो अनुरुप नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र, कार्यजिम्मेवारी र जनशक्ति व्यवस्थापनमा अन्योलता रहेको […]