देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने सुस्शाहस गरेको आरोप

भदौ २८ ,काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने सुस्शाहस गरिरहेको आरोप लगाउनु भएको छ ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरु आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिनु भयो । नेपाली काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफू पक्षका नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । उहाँले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व रुपान्तरण गरेर अघि बढनपनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो । त्यसो गरेर मात्रै काँग्रेसलाई लोकतान्त्रिकरणको बाटोमा हिडाउन सकिने वरिष्ठ नेता पौडेलको बुझाई छ ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानवीन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप समेत लगाउनु भयो । उहाँले पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्व चयन गर्नेगरी अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो ।

सेयर गर्नुहोस्
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश १ को कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना अलपत्र

Mon Sep 13 , 2021
भदौ २८ ,काठमाडौं । प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको हो । उक्त आयोजनाका लागि प्रदेश सरकारले बजेटको व्यवस्था नगरेपछि अलपत्र बन्न पुगेको कोशी रिफ्रेसमेन्ट सेन्टर, सुनसरीका आयोजना प्रमुख मिलन आचार्यले बताउनुभयो […]