निजामति कर्मचारीले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाए

भदौ २१,काठमाडौ ।  निजामति कर्मचारीहरुले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन ।

सोमबार निजामति सेवा दिवस २०७८ को अवसर पारेर निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन । कर्मचारीहरुले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाव दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामति कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले जानकारी दिनु भयो । उहाँले पहिला सरकारले निजामति कर्मचारीहरुलाई भ्याक्सिन लगाउनु भन्दा कोहीले डराएर र कोहीले बाध्यतावस उपस्थिती जनाउन नसक्दा अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिनबाट वञ्चित भएको बताउनुभयो ।

कार्यवाहक अध्यक्ष पोखरेलले पहिलो डोज नलगाएका निजामति कर्मचारीलाई पहिलो र पहिलो लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकाहरुलाई पनि भ्याक्सिन उपलब्ध गराएको बताउनुभयो । कोरोनाविरुद्धको भ्याक्सिन लगाउन बाँकी रहेका सबै निजामति कर्मचारीहरुले काठमाडौंमा सिंहदरवार र बाहिरी जिल्लाहरुमा सिडिओ कार्यालबाट लगाउन सक्नेछन् ।

 

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुँजी बजार सुधार संघर्ष समितिको ज्ञापन पत्र

Mon Sep 6 , 2021
भदौ २१,काठमाडौ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सिलिङ हट्नुपर्ने लगायतका विभिन्न माग राख्दै पुँजी बजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ । संघर्ष समितिले विभिन्न नीतिमार्फत् आफुहरुलाई पिल्साउन खोजिएको भन्दै १८ बुँदे माग राखि सोमवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा […]