निषेध आदेशको मोडालिटी परिवर्तन

भदौ १६ ,काठमाडौं ।  गत वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञाको स्वरुपमा परिवर्तन भएको छ ।

बुधवार काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) तीन जिल्ला प्रमुखहरुको बैठकले वैशाख १६ गतेदेखि जारी निषेध आदेशको स्वरुपमा परिवर्तन गरेको हो । बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेध शब्द हटाएर जारी आदेश मात्रै बनाइएको र यो आदेश भदौ १७ गतेदेखि भाद्र मसान्तसम्म जारी रहने बताउनुभयो । उहाँले बुधवार जारी आदेशले स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सबै किसिमका व्यापार, व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अब काठमाडौं उपत्यकामा भौतिक उपस्थितीमा विद्यालय सञ्चालनको हकमा १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुले भ्याक्सीन नलगाएकोले अझै केही समय रोक्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीले भौतिक उपस्थितीमा विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिइएकोले कोभिड जिल्ला शंकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सक्ने पनि बताउनुभयो । उहाँले चाडपर्वहरु भौतिक उपस्थितीमा नमनाउन आग्रह गरेको छ । मनाउने भए सांकेतिक रुपमा मात्र मनाउन पनि आदेश जारी गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले व्यापार व्यवसाय गर्न पाउने भन्दैमा स्वास्थ्यका मापदण्ड पालना गर्न छोड्नु नहुने बताउनुभयो । उहाँले उपत्यकामा स्वास्थ्य मापदण्डको पालना भए/नभएको बारे प्रशासनले नियमित र आकस्मिक अनुगमन गरिरहने पनि बताउनुभयो । अनावश्यक रुपमा मानिसहरु जम्मा भएर भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा, महोत्सव र भोज आदि कार्य गर्न नपाउने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

 

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

 इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान अव नेपालमा

Wed Sep 1 , 2021
भदौ १६ ,काठमाडौं । इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपालमा पाइने भएको छ । इन्टेक्स ब्राण्डका परिवारका लागि आवश्यक पर्ने लगायतका इलेक्ट्रोनिक्स सामानहरु नेपालमा रिसिक टेडिङ कन्र्सन प्रालिले आधिकारिक विक्रेता भएर नेपाल भित्राएको बुधवार आयोजित एक पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । रिसिक टेडिङ कन्र्सन प्रालिको प्रवन्ध निर्देशकको रुपमा रहनुभएकी अभिनेत्री करिष्मा […]