डान्स रियालिटी शो कार्तिक ११ बाट शुरु

 

असोज १,काठमाडौ ।  आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने भएको छ ।

इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.का लागि आगामी कार्तिक ११ गतेबाट ‘रियालिटी डान्स च्याम्पियन शो’ शुरु हुने भएको हो । उक्त मेगा शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यक्रमको मार्केटिङ कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.ले गर्ने भएको छ ।

काठमाडौंको द एभरेष्ट होटलमा भएको पत्रकार सम्मेलनमा कि एडभर्टाइजिङ र कान्तिपुर टेलिभिजनब्ीच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । कार्यक्रममा कि एडभर्टाइजिङ सर्भिस प्रा.लिका अध्यक्ष रविन्द्रकुमार रिजालले यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइने बताउनुभयो । उहाँले दशैँपछि रियालिटी शोे शुरु हुने पनि बताउनुभयो ।

उक्त मेगा शो प्रत्येक बिहीवार र शुक्रवार गरी हप्ताको दुई दिन बेलुकी ९ः०० बजे प्रशारण हुनेछ । डान्स च्याम्पियनका निर्णयकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनुभएको छ । त्यस्तै कार्यक्रम प्रश्तोताको रुपमा उमेश राई (फुलन्देकी आमा) रहनुभएको छ । ३२ भागको यो कार्यक्रम धनराशी २५ लाख रहेको छ ।

सेयर गर्नुहोस्
  • 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अबको एक हप्ताभित्र मन्त्रीपरिषद् बिस्तार हुन्छ : माधवकुमार नेपाल

Fri Sep 17 , 2021
असोज १,काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रीपरिषद् बिस्तार हुने बताउनुभएको छ । बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रिय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले अबको एक हप्ता भित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । उहाँले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्ता पक्षको भएको बताउँदै […]