पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको छ : ईश्वर पोखरेल

भदौ २७ ,काठमाडौं ।  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्दारा आयोजित वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताउनुभएको हो । उहाँले नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘केहीले कति असर पर्यो पार्टी विभाजन हुँदा भन्नुभएको छ, हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशत मात्रै परेको देखेका छौँ, तर अब नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाएपउन यो २/३ प्रतिशत मा आइपुग्नेछ, र नेकपा एमाले हिजो भन्दा पनि अझै सबल भएर अघि बढ्छ ।’

महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको भन्दै केपी शर्मा ओलीले गरेको राजनीतिक ध्रुवमा आफूहरुले काम गर्ने बताउनुभयो । उहाँले केपी ओली नेतृत्वको पोलले आर्थिक विकास र समृद्धिको कुरा गरेको भन्दै राष्ट्रिय राजनीतिको अर्को ध्रुव गठबन्धनवालाहरुमा अवसरवादी र सिद्धान्तहीनहरु मात्र भएको टिप्पणी गर्नुभयो ।

महासचिव पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो । महासचिव पोखरेलले नेकपा एमाले हिजो भन्दा पनि बलियो बन्ने हिसावले अघि बढ्ने भन्दै नेकपा एमालेमा प्रवेश गरेका नयाँ कार्यकर्ताहरुले क्रियाशील भएर काम गर्नुपर्ने बताउनुभयो ।

 

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवन जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने तयारी

Sun Sep 12 , 2021
भदौ २७,काठमाडौं । चितवन जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख […]