फरक विचारधारा बनाएर हिँडेको राप्रापा कहिल्यै फुट्दैन : कमल थापा

भदौ २८ ,काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली काँग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा अब कहिल्यै नफुट्ने बताउनुभएको हो । अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभइ विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न पनि आग्रह गर्नु भयो । उहाँले आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रिय महाधिवेशन हुने भन्दै नयाँ विधान अनुसार महाधिवेशन गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर जबराले कम्युनिष्ट सरकारलाई बिस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताउनुभयो । उहाँले नेपालका ठूला पार्टी भनेको नमूना भएको भन्दै यसबाट नेपाली जनताले मुक्ति खोजेको बताउनुभयो ।

अध्यक्ष जबराले यो मुलुकलाई भ्रष्टले चलाउन नसक्ने बताउनुभयो । उहाँले अब राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी गर्नुभयो ।

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने सुस्शाहस गरेको आरोप

Mon Sep 13 , 2021
भदौ २८ ,काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने सुस्शाहस गरिरहेको आरोप लगाउनु भएको छ । वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरु आफूहरुलाई मान्य नहुने चेतावनी […]