मानव निर्मित विकासका कारण वातावरणमा परेको असर अध्ययन गर्नुपर्ने जरुरी छ : पम्फा भुसाल

भदौ २५ ,काठमाडौं । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री पम्फा भुसालले मानव निर्मित विकास प्रभावका कारण वातावरणमा परेको असर अध्ययन गर्नुपर्ने जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवमा मन्त्री भुसालले मानव निर्मित विकासका प्रभावका कारण वातावरणमा परेको असर अध्ययन गर्नुपर्ने जरुरी रहेको बताउनुभएको हो । उहाँले अहिले विश्वमा भइरहेको अति विकसित र विकासशील राष्ट्रहरुले गरेका औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको बताउनुभयो । अर्कैले खाएको विषको प्रभाव नेपाल जस्ता राष्ट्रले भोगिरहेको भन्दै मन्त्री भुसालले अहिले नेपाल द्रुत गतिमा यस्ता प्रभावको सामना गरिरहेको बताउनुभयो ।

मन्त्री भुसालले नेपाली जनतालाई द्रुत गतिमा विकास पनि चाहिएकोले विकासबाट पर्ने नकारात्मक प्रभावलाई कम गर्ने गरी विकास निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा विकासको तीनवटा महत्वपूर्ण क्षेत्र कृषि, जलविद्युत र पर्यटन रहेकोले यसलाई विकास गर्दा कुनै पनि नकारात्मक प्रभाव नपर्ने तरिकाबाट सूक्ष्म अध्ययन अनुसन्धान गर्न सुझाउनुभयो । मन्त्री भुसालले नेपालको सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म शंकटग्रस्त जिल्ला घोषणा गरिएको र विकास केन्द्रले अध्ययनको सूचिमा मनाङ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र गोरखा समावेश गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा जलश्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक डा. महेश्वर श्रेष्ठले जलश्रोतको विविध पक्षमा अनुसन्धान गर्नुपर्ने बताउनुभयो । उहाँले दिगो विकास र क्षमताको बिस्तारका लागि सम्बन्धीत सरोकारवाला निकायहरुसँग छलफल गरी काम अघि बढाउनुपर्ने बताउनुभयो ।

निर्देशक श्रेष्ठले केन्द्रको उद्देश्य प्राप्तिको लागि हालको सांगठनिक संरचनालाई पुनः संरचना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अन्य वक्ताहरुले मनाङ जिल्ला क्लाइमेट चेन्जको डिजास्टर भएको भन्दै सूक्ष्म अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए ।

 

सेयर गर्नुहोस्
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परराष्ट्रवीद्हरुको जोडः परराष्ट्र सम्बन्धलाई सुदृढ बनाऔं

Fri Sep 10 , 2021
भदौ २३,काठमाडौं ।  परराष्ट्रवीद्हरुले नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन । परराष्ट्रवीद् ज्ञानचन्द्र आचार्य, डा. मृगेन्द्र कार्कीलगायतका विज्ञहरुले अफगानिस्तानमा तालिवानी विद्रोहीको कब्जाको घटनाबाट पाठ सिकेर परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तत्काल बनाउन नेपाल सरकार र राजनीतिक दलहरुलाई […]