संसदीय मर्यादा विपरितका गतिविधि बन्द गर्न पार्टीका सांसदहरुलाई केपी शर्मा ओलीको कडा निर्देशन

भदौ २७,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय मर्यादा विपरितका गतिविधि बन्द गर्न पार्टीका सांसदहरुलाई कडा निर्देशन दिनु भएको छ ।

अध्यक्ष ओलीले वेल घेराउ गर्ने र तोकिएको नारामात्रै लगाएर हामी आफैले निधारण गरेर संसदीय मर्यादा, सीमाको ख्याल गर्न पनि पार्टीका सांसदहरुलाई सचेत समेत गराउनु भयो । एमालेका सांसदहरुले आफ्नो दल फुटाउन भूमिका खेलेको भन्दै प्रतिनिधिसभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध चर्का नाराबाजी लगाउने क्रममा माईक तान्ने र सभामुखलाई हिर्काउने लगायतका हर्कत गरेका थिए । त्यसप्रति सचेत गराउँदै उहाँले त्यसो नगर्न पार्टीका सांसदहरुलाई आग्रह गर्नु भयो । आईतबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सभामुख सापकोटाले पदीय आचरण विपरित काम गरेकाले सांसदको अवरोध गर्ने जारी गर्ने पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष ओलीले सरकारले ल्याएको बजेटसम्बन्धि प्रतिस्थापन विधेयकले सत्ताहरु दलहरुभित्रै फुट लाउने दावी समेत गर्नु भयो । पाँच लाख गरिवलाई १०÷१० हजारका दलले राहत दिने व्यवस्थासहित सरकारले ल्याएको बजेटले सत्तारुढ दलहरु आफ्नै पनि हित नगर्ने अध्यक्ष ओलीको तर्क थियो । सो प्रतिस्थापन विधेयकमा घण्टाघर भत्काउने कुरा उल्लेख गरिएको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले वर्तमान सरकारले घण्टाघर बनाउन नसक्ने पनि बताउनु भयो ।

अध्यक्ष ओलीले सभामुखका कारण सरकारले ल्याएको प्रतिस्थापन विधेयक पनि सहज ढंगले अघि बढाउन सक्ने अवस्था नभएको पनि स्पष्ट पार्नु भयो । उहाँले बजेटसम्बन्धि प्रतिस्थापन विधेयक पेश गर्ने बेलामा अर्थमन्त्री जनार्दन शर्माले संसदीय मर्यादा विपरितका गतिविधि देखाएको आरोप पनि लगाउनु भयो ।

अध्यक्ष ओलीले सभामुख सापकोटा आफै आफ्नो पार्टीलाई फुटाउने षडयन्त्रमा सामेल भएर पदीय दूरुपयोग गरेको भन्दै पटक पटक आक्रोश समेत व्यक्त गर्नु भयो ।

सेयर गर्नुहोस्
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साताको पहिलो दिन ९ अर्ब भन्दा माथिको कारोवार ,नेप्से परिसुचक ७१ दशमलव ४३ अंकले बढयो

Sun Sep 12 , 2021
भदौ २७,काठमाडौं । शेयर बजार परिसुचक नेप्से  ७१ दशमलव ४३ अंक बढेर २ हजार ९४७ दशमलव ४२ विन्दुमा पुगेको हो ।  त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३ दशमलव शून्य ३ अंकले बढेर ५४८ दशमलव २९ विन्दुमा पुगेको छ । आइतवार  बैंकिङ्ग क्षेत्रको परिसुचक १ दशमलव २५ प्रतिशत, […]