सत्तारुढ दलहरुबीच सहमती गरेर मात्रै एमसीसी सम्झौंतालाई अघि बढाउन सकिन्छ : माधवकुमार नेपाल

भदौ २५,काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीचको सहमतीमा मात्रै एमसीसीलाई अघि बढाउन सकिने धारणा राख्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग बिहीबार सिंहदरबारमा भएको भेटमा सत्तारुढ दलहरुबीच सहमती गरेर मात्रै सो सम्झौंतालाई अघि बढाउन सकिने पार्टी अडान रहेको जानकारी गराउनु भएको हो । त्यसक्रममा उहाँले नेपाली जनतालाई कन्भिन्स गराएर मात्रै सो सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको रहेको पनि बताउनु भयो ।

त्यसक्रममा फातीमाले एमसीसी कुनै सैन्य रणनीति अन्तरगतको कार्यक्रम नभएकोभन्दै अध्यक्ष नेपाललाई आश्वास्त बनाउन खोज्नु भएको थियो । यता अध्यक्ष नेपालले भने एमसीसीबारे भ्रमपूर्ण सन्देश दिने काम स्वयम् अमेरिका सरकारबाट भएको पनि बताउनु भएको भेटमा सहभागी नेकपा (एकीकृत समाजवादी)का कार्यालय सचिव डा. गंगालाल तुलाधरले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘राष्ट्रहितभन्दा बाहिर गएर सो सम्झौंता अघि बढन सक्दैन भन्ने कुरामा हामी दृढ छौं । हामी कमसेकम पनि पाँच पार्टीको बीचमा सहमती बनाएर यो कुरा गर्ने कि नगर्ने निर्णयमा पुग्छौं । राजनीतिक दलहरु जो सरकारमा सामेल छन । ती सबै राजनीतिक दलहरुको कन्सर्नको कुरा हो । त्यसैले हामीहरु आफू पनि छलफल गरेर सहमतीमा अघि बढछौं ।’

करिव ढेड घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले एमसीसी दवाव दिएर पारित गराउने पक्षमा आफूहरु नरहेको पनि बताउनु भएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

सेयर गर्नुहोस्
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पशुपतिनाथको मन्दिर भक्तजनका लागि खुला

Fri Sep 10 , 2021
भदौ २५ ,काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर भक्तजनहरुका लागि खुला गरिएको छ । कोरोना भाइरस महामारीको जोखिमका कारण ४ महिनादेखि बन्द रहेको पशुपतिनाथको मन्दिर आज (शुक्रबार) बिहान ६ बजेबाट भक्तजनहरुका लागि खुला गरिएको हो । पशुपतिनाथको मुख्य मन्दिर खुलेपछि पाशुपत क्षेत्रमा रहेका गुह्वेश्वरीलगायतका मन्दिरहरु पनि खुला भएका […]