सरकारले निपा भाईरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल

 

भदौ २८ ,काठमाडौं । सरकारले निपा भाईरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गर्नु भएको हो । मंगलबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्राइँ गर्नुनहुने बताउनुभयो ।

उहाँले निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकोले यसबाट बच्न सबै सचेत र शतर्क हुनुपर्ने बेला आएको बताउनुभयो । प्रवक्ता पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट) बाट पशुमा र पशुबाट मानिसमा सर्ने बताउनुभयो । निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पुर्याउने र बेहोस बनाउने गरेको बताउँदै प्रवक्ता पौडेलले पशुपंक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु असावधानीवश पनि नखान आग्रह गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयले निपा भाइरस प्राणघातक भएकोले पूर्णरुपमा स्वास्थ्यका मापदण्ड अपनाइ सचेत र सजग हुन र यस सम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्यचौकी गएर डाक्टरलाई देखाउन आग्रह गरेको छ । प्रवक्ता पौडेलका अनुसार श्वासप्रश्वासको समस्या, सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, एकदम छिटो अचेत हुने, कोमामा जाने जस्ता समस्या छिटो–छिटो देखापर्ने र कम्पन आउने निपा भाइरसका मुख्य लक्षण हुन् ।

यो प्राणघातक भाइरस प्राकृतिक रुपमा फलफूल बढी खाने चमेरा (फ्रूट ब्याट) बाट पशुपंक्षी हुँदै मानिसमा सर्छ । साथै संक्रमित मानिसमाबाट अन्य मानिसमा पनि यो भाइरस सर्ने गर्दछ । निपा भाइरस विशेष गरी शरीरको र्‍याल, दिशापिसाव लगायतको तरल पदार्थबाट सर्ने गर्दछ । निपा भाइरस विश्वमा पहिलोपटक सन् १९९९ मा मलेसियाको बंगुर फार्ममा भेटिएको थियो ।

सेयर गर्नुहोस्
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको मुल्य तोलमा ६ सयले बढयो,चाँदीको मुल्य स्थिर

Wed Sep 15 , 2021
भदौ ३०,काठमाडौ । बुधवार सुनको मुल्य ६ सयले वृद्दि भएको छ । मङगलवार प्रतितोला ९० हजार ६ सयमा कारोवार भएको सुनको मुल्य बुधवार प्रतितोला ९१ हजार २ सयमा कारोवार भइरहेको छ । बुधवार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ७ सयमा कारोवार भइरहेको छ । बुधवार चाँदीको मुल्यमा कुनै पनि […]