साताको दोस्रो दिन ९ अर्ब माथिको शेयर कारोवार

भदौ २८ ,काठमाडौं ।  शेयर बजार परिसुचक नेप्से शून्य दशमलव २७ अंकले ढेर २ हजार ९४७ दशमलव ६९ विन्दुमा बन्द भएको छ  । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५५ अंकले बढेर ५४८ दशमलव ८७ विन्दुमा पुगेको छ ।

सोमवार रू. ९ अर्ब २९ करोड ५ लाख ५४ हजार बराबरको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर कारोबार भएको हो । यो कारोबार २२६ ओटा कम्पनीको ९३ हजार २१८ पटकको व्यापारमा भएको हो ।

बैंकिङ्ग क्षेत्रको परिसुचक शून्य दशमलव ८६ प्रतिशत, विकास बैंक क्षेत्रको परिसुचक शून्य दशमलव शून्य ८ प्रतिशत,वित्त क्षेत्रको परिसुचक शून्य दशमलव शून्य ९ प्रतिशत,होटल्स तथा पर्यटन क्षेत्रको परिसुचक  शून्य दशमलव १२ प्रतिशत,  निर्जीवन बीमा क्षेत्रको परिसुचक शून्य दशमलव ८६ प्रतिशतले बढेको छ ।

जलविद्युत्,उत्पादन तथा प्रशोधन ,लगानी समूहको परिसुचक भने घटेको छ ।

सेयर गर्नुहोस्
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्टिल उद्दोगिहरु आन्दोलित

Mon Sep 13 , 2021
भदौ २८ ,काठमाडौं । नेपाल सरकारले प्रतिस्थापन विधेयक मार्फत् ल्याएको संशोधन बजेटमा भएको एक व्यवस्थाले फलाम छड उत्पादक व्यवसायी आन्दोलित भएका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यवसायीहरुले एमएस विलेट बनाउन प्रयोग हुने कच्चा पदार्थ (स्पन्ज आइरन) को आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शुन्यमा राख्दा निश्चित व्यवसायिक घरानालाई […]