अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत

असोज २४,काठमाडौं ।नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत गर्नु भएको छ ।

महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउनुपर्ने भन्दै पार्टीको आगामी महाधिवेशनमा पनि केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गर्नु भएको हो । वडा दशैं, तिहार, नेपाल संवत र छठको अवसर पारेर आईतबार सञ्चारकर्मीसँग आयोजना गर्नु भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धन दलले नेतृत्व गरेको अर्को धु्रवलाई बलशाली हुन नदिन पनि एमाले नेतृत्वको सो पोललाई बलियो बनाउन जरुरी रहेको तर्क समेत गर्नु भयो ।

महासचिव पोखरेलले आफूले अव पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणा समेत गर्नु भयो । विधानमा पनि २ पटक भन्दाबढि एउटै पदमा उठन नपाउने व्यवस्था गरेको र आफ्नो चाहना पनि तेस्रो पटक महासचिव बन्ने नरहेको उहाँको भनाई थियो । महासचिव पोखरेलले आफूलगायतका पार्टीको लिडिङ रोलमा रहेका नेताहरु इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसावले पार्टी नेतृत्वका लागि स्वभाविक दावेदार भएको पनि दोहोर्‍याउनु भयो ।

महासचिव पोखरेलले आगामी मंसीरको दोस्रो साता पार्टीको दशौं राष्ट्रिय महाधिवेशन हुने र त्यसले पार्टी नेतृत्व चयन गर्ने बताउनु भयो । उहाँले आफ्नो पार्टी छिटोभन्दा छिटो निर्वाचनमा जाने पक्षमा रहेको स्पष्ट पार्नु भयो । तर त्यसका लागि काँग्रेस वा अन्य दलसँग मिलेर गठबन्धन बनाउने पक्षमा भने आफूहरु नरहेको महासचिव पोखरेलको दावी थियो ।

महासचिव पोखरेलले अदालतलाई राजनीति नगर्न चेतावनी दिनु भयो । अदालत संविधान अनुरुप नहिँडेको दावी गर्दै उहाँले आपत्ति समेत जनाउनु भयो । महासचिव पोखरेलले आफ्नो पार्टीले देश र जनताको पक्षमा काम गर्न सरकारलाई निरन्तर दवाव दिईरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

 

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौंमा चहलपहल बढ्यो

Mon Oct 18 , 2021
कार्तिक १,काठमाडौ । मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ । शुभ साईतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो । विजया दशमीका दिन रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ विजया दशमी मनाउने […]