अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री खड्का

असोज २१,काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ ।

बुधबार सिंहदरवारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री खड्कालाई बोलाएर समितिले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको हो । समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री खड्काले एमसीसी, सीमा, बाँध, बीआरआई लगायतका सबै मुद्दाहरु सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बताउनुभयो । उहाँले सहमति नभइ र राष्ट्रिय हीत बिपरित् मुद्दाहरु पेस गर्न नमिल्ने पनि उहाँले बताउनुभयो । मन्त्री खड्काले राष्ट्रको हीत बिपरित् कुराहरु पास गर्नुनहुने भन्दै सम्झौता गरिएका मुद्दाहरु राष्ट्रिय हीतमा छन् वा छैनन् भन्ने कुरा अनुसन्धान गरेर मात्रै निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले सत्तामा एउटा र बाहिर हुँदा अर्को आवाज निकाल्ने हो भने परराष्ट्रहरुसँगको विश्वसनीयता हट्ने भन्दै सबै सम्झौताहरु गर्दा अध्ययन गरेर मात्रै सम्झौता गर्न सुझाव दिनु भयो ।

बैठकमा नवनियुक्त परराष्ट्रमन्त्री बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै अबको परराष्ट्रनीति कस्तो बनाउने भन्ने बारेमा छलफल गरेका थिए । मन्त्री खड्काले सांसदहरुको प्रश्नको जवाफमा अबको परराष्ट्रनीति नजिकका मित्र र अन्य परराष्ट्रहरुसँगको सम्बन्धलाई एकतावद्ध गरेर जानुपर्ने बताउनुभयो ।

सेयर गर्नुहोस्
  • 27
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना नगरेको उपसभापति गच्छदारको दावी

Thu Oct 7 , 2021
असोज २१,काठमाडौं ।  नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दावी गर्नु भएको छ । बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको […]