उपत्यकामा दशैँ लक्षित खसि बोका विक्री वितरण सुरु

असोज २१,काठमाडौं ।   काठमाडौं उपत्यकामा दशैँ लक्षित खसि बोका भित्रिन थालेको छ ।

कोरोना संक्रमणको जोखिम कम भए सँगै खसि बोका किन्नेको भीड बढ्न थालेको हो । कोरोना संक्रमण फैलनु अघिका वर्षझैँ पर्याप्त मात्रामा खसि बोका नआएको कारण मुल्यमा वृद्धि भएको छ । हिमाली जिल्लाबाट आउने च्याङ्ग्राहरु पर्याप्त नआएपनि खसि बोकाहरु काठमाडौंका मुख्य बजारमा आउन थालेको छ । काठमाडौं भित्रिने पशु चौपायको स्वास्थ्य परिक्षण गरेर मात्र ल्याइने व्यवसायीले बताएका छन् ।

अघिल्ला वर्षहरुमा जिउँदो च्याङ्ग्रा ७, ८ सय रुपैयाँमा पाइने अहिले १३, १४ सय रुपैयाँ मुल्य पर्न थालेको किन्न आउने उपभोक्ताहरुले गुनासो गरेका छन् । नेपालमा आउने च्याङ्ग्रा हिमाली जिल्लाको साथै मित्रराष्ट्र चीनको सिमावर्ति गाउँबाट पनि आउँछ । कोरोना संक्रमणको जोखिमको कारण सीमा नाका नखुल्दा च्याङ्ग्राको मुल्य बढेको छ ।

काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसि बोका आउन थालेको छ । जिउँदो खसि बोका सरदरमा ७ सय रुपैयाँ देखि ८ सय रुपैयाँमा विक्रि भइरहेको व्यवसायीले बताएका छन् ।

काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडल पनि खसि बोका विक्रि गर्दै आएको छ । कम्पनिले भोली शुक्रवारबाट खसि बोका विक्रि गर्ने बताइसकेको छ । यसबाहेक फुलपातीको दिनदेखि काठमाडौंको चोकहरुमा किसान आफैँ आएर समेत खसि बोका बेच्ने गर्दछन् । काठमाडौंमा दशैँको बेला खसि बोकाको मासु ११ लाख किलो भन्दा खसि बोकाको मासु खपत हुने अनुमान गरिन्छ ।

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तरलताको समस्या समाधान गर्न परिसंघको आग्रह

Thu Oct 7 , 2021
असोज २१,काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याजदरमा समेत वृद्धि भइरहेकोमा नेपाल उद्योग परिसंघको ध्यानाकर्षण भएको छ । तरलता र ब्याजदरमा परेको चापप्रति नेपाल सरकार र नेपाल राष्ट्र बैंकले चनाखो हुने हो भने यो समस्या तत्कालका लागि टर्ने देखिन्छ । बैंक तथा वित्तीय संस्था र […]