ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको माधवकुमार नेपालको आरोप

सोज २१,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाउनुभएको छ ।

बिहीवार पार्टी काठमाडौंको अर्पण बैंक्वेटमा नेकपा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाउनुभएको हो । उहाँले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताउनुभयो । उहाँले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गर्नुभयो । उहाँले नेकपा एमाले सबै हिसावले पतनको दिशामा गएको बताउँदै नेकपा एमाले सामुहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा मा प्रवेश गर्नुभएको नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताउनुभयो । उहाँले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको बताउनुभयो । नेता जोशीले एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रिय कमिटीबाट राजीनामा दिएको स्पष्ट पार्नुभयो ।

नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएका नेता जोशीलाई पार्टीका अध्यक्ष माधव कुमार नेपालले स्वागत गर्नुभएको छ ।

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज घटस्थापना : बडा दशैँको पहिलो दिन

Thu Oct 7 , 2021
असोज २१,काठमाडौं । आज घटस्थापना । वैदिक सत्य सनातन हिन्दूहरुको महान पर्व बडा दशैँको पहिलो दिनको रुपमा घटस्थापनालाई लिइन्छ । आज देशैभर हिन्दूधर्मावलम्बीहरुले आ आफ्नो घरमा जमरा राखेर दशैँको शुरुवात गर्दछन् । आजबाट हरेक दिन दुर्गा भवानीको पूजाआराधना गरी दुर्गा सप्तशती चण्डी तथा देवी भागवत पाठ गरेर नवदुर्गाको आराधना गरिन्छ […]