जसपाको भागमा भौतिक पूर्वाधारसहित चार वटा मन्त्रालय

सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमती भएको औंपचारिक जानकारी गराउनु भएको हो । सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेता समेत रहनु भएका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराउनु भएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिनु भयो । त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ ।

जनता समाजवादी पार्टी, नेपालका २१ जना सांसदहरु रहेका छन । सरकार गठन भएको ८३ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएको हो । अव दलहरुले मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि मन्त्रीपरिषदले पूर्णता पाउनेछ ।

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधवार सुनको मुल्यमा ४ सयले गिरावट,चाँदीको मुल्य स्थिर

Wed Oct 6 , 2021
असोज २०,काठमाडौं । बुधवार सुनको मुल्यमा ४ सयले गिरावट आएको छ । मंगलवार प्रतितोला ९० हजार ३ सयमा कारोवार भएको सुनको मुल्य बुधवार प्रतितोला ८९ हजार ९ सयमा कारोवार भइरहेको छ । बुधवार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोवार भइरहेको छ । बुधवार चाँदीको मुल्यमा कुनै पनि […]