नवनियुक्त मन्त्रीहरुलाई माधवकुमार नेपालको निर्देशन

असोज २४,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई इमान्दारीता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिनुभएको छ ।

पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेता नेपालले इमान्दारीता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताउनुभयो । उहाँले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दूमा राखेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो । उहाँले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट मुक्त हुन पनि सचेत गराउनु भयो । कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उहाँले सुझाव दिनुभयो ।

अध्यक्ष नेपालले मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम हुनु नहुनेमा जोड दिनुभयो । पदीय मर्यादा र गरिमा विपरितका काम नगर्न उहाँले निर्देशन दिनुभयो । कुनै पनि प्रकारका दूव्र्यसन र आचरणसँग जोडिने काम नगर्न उहाँले निर्देशन दिनुभयो । उहाँले गठबन्धनको भावना अनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न अनुरोध गर्नुभयो । मन्त्रीहरुको सल्लाहकार, पिए लगायतका राजनीतिक नियुक्ती गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्नुपर्ने उहाँको भनाई छ ।

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरुमाथि अगाडी नै सामुहिक रुपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताउनुभयो । सिंगो मन्त्रीपरिषद्ले गर्ने निर्णयको जस अपजसको भागिदार सबै मन्त्री हुने उल्लेख गर्दै उहाँले मन्त्रिपरिषद्का विषयवस्तुहरु पार्टीलाई समेत जानकारी गराई, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने प्रधानमन्त्री देउवाको भनाइ

Sun Oct 10 , 2021
असोज २४,काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताउनुभएको छ । आईतबार काठमाडौंमा आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताउनुभएको हो । उहाँले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा […]