नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाडौँ बिच सम्झौता

कार्तिक ८ ,काठमाडौं । काठमाडौं नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाडौँसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै नेपाल पेमेन्ट सोलुसन्सले बैंक अफ काठमाडौँसँग सम्झौता गरेको हो । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिसोलुसन्सको तर्फबाट श्री प्रतापश्रेष्ठ, सी.एक्स. ओ र श्री सिमनश्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाडौँको तर्फबाट श्री अमर राजभन्डारी, हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र श्री डिलन शाक्य, अफिसर– कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् ले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्वगर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले बैंक अफ काठमाडौँसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, बैंक अफ काठमाडौँसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउने बताइएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगलबार यस्तो छ तरकारीको मुल्य

Tue Oct 26 , 2021
कार्तिक ९,काठमाडौं । मंगलबार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्यमा १ रुपैयाँ २० पैसाले गिरावट भएको छ । सोमबार प्रतिकेजी ४७ रुपैयाँमा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य मंगलबार प्रतिकेजी ४५ रूपैयाँ ८० पैसामा कारोवार भइरहेको छ । मंगलबार काउली (स्थानिय)को मुल्यमा कुनै परिवर्तन भएको छैन । सोमबार प्रतिकेजी ७० रुपैयाँमा […]