नेप्से ७७ दशमलव ३३ अंकले घट्यो ,३ अर्ब बराबरको शेयर खरीदविक्री

कार्तिक २,काठमाडौं ।  शेयर बजार परिसुचक नेप्से ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५१० दशमलव ७३ विन्दुमा  पुगेर बन्द भएको छ ।  त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३ दशमलव २८ अंकले घटेर ४७१ दशमलव ९१ विन्दुमा  पुगेर बन्द भएको छ ।

मंगलवार २२१ ओटा कम्पनिको ९५ लाख ७२ हजार १६ कित्ता शेयरको ५४ हजार ४१६ पटकमा रू. ३ अर्ब ७७ करोड ७७ लाख ९३ हजार ६६६ बराबरको शेयर खरीदविक्री भएको छ ।

बैंकिङ क्षेत्रको परिसुचक २ दशमलव ८३ प्रतिशत,  विकास बैंक क्षेत्रको परिसुचक ४ दशमलव १४ प्रतिशत, वित्त क्षेत्रको परिसुचक ५ दशमलव शून्य ९ प्रतिशत, होटल्स तथा पर्यटन क्षेत्रको परिसुचक २ दशमलव ९३ प्रतिशत,  जीवन बीमा क्षेत्रको परिसुचक २ दशमलव ९२ प्रतिशत, लगानी क्षेत्रको परिसुचक २ दशमलव ८५ प्रतिशत र व्यापार क्षेत्रको परिसुचक १ दशमलव ७१ प्रतिशतले घटेको छ ।

सबै भन्दा बढी कारोवार नबिल बैंकको रहेको छ ।  बैंकको  रू. ११ करोड १२ लाख ९५ हजार बराबरको भएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुबी खानको अनसन तोडियो

Tue Oct 19 , 2021
कार्तिक २,काठमाडौं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माईतीघरमा अनसन बस्नुभएकी महिला अधिकारकर्मी रुबी खानले अनसन तोड्नुभएको छ । पीडितको न्यायका लागि भन्दै १२ दिन यता अनसनरत महिला अधिकारकर्मी रुबी खानले सरकारले गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएसँगै […]