नेप्से ८७ दशमलव ६३ अंकले वृद्धि,महालक्ष्मी विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री

कार्तिक ८ ,काठमाडौं । शेयर बजार परिसुचक नेप्से ८७ दशमलव ६३ अंकले वृद्धि भएर २ हजार ६७२ दशमलव २५ विन्दुमा पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३ दशमलव ६१ अंकले वृद्धि भएर  ५०४ दशमलव ५०४ दशमलव विन्दुमा पुगेको छ ।

सोमबार २२९ ओटा कम्पनीहरुको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयरको ५३ हजार ७९२ पटकमा रू. ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ बराबरको शेयर खरीदविक्री भएको छ ।

बैंकिङ  क्षेत्रको परिसूचक  २ दशमलव शून्य ७ प्रतिशत, वित्त क्षेत्रको परिसूचक  सबैभन्दा बढी ७ दशमलव ८१ प्रतिशत, विकास बैंक क्षेत्रको परिसूचक  ६ दशमलव ५१ प्रतिशत, व्यापार क्षेत्रको परिसूचक शून्य दशमलव ५३ प्रतिशत,उत्पादन तथा प्रशोधन क्षेत्रको परिसूचक २ दशमलव ३३ प्रतिशत,जीबन बीमा क्षेत्रको परिसूचक३ दशमलव ७३ प्रतिशत ,लगानी क्षेत्रको परिसूचक परिसूचक ४ दशमलव ४ प्रतिशत, होटल एण्ड टुरिजम क्षेत्रको परिसूचक २ दशमलव ७२ प्रतिशत, होटल एण्ड टुरिजम क्षेत्रको परिसूचक २ दशमलव ७२ प्रतिशत,म्युचुअल फण्ड क्षेत्रको परिसूचक १ दशमलव शून्य ९ प्रतिशतले वृद्धि भएको छ ।

सबै भन्दा बढी कारोवार महालक्ष्मी विकास बैंकको भएको छ । उक्त कम्पनीको रू. १६ करोड २५ लाख २३ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राहत र पुनस्र्थापना प्याकेज घोषणा गर्न किसानहरुको माग

Mon Oct 25 , 2021
  कार्तिक ८ ,काठमाडौं ।  बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् । सुदूरपश्चिम प्रदेशका कृषक संगठनहरुले बाढी पहिरो पीडित किसानहरुका लागी तत्काल राहत र पुनस्र्थापनाका कार्यक्रम घोषणा गर्न माग गरेका छन् । आइतवार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता […]