पीडितको न्यायका लागि नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा

असोज २२,काठमाडौं ।  बाँकेमा घरेलु हिंसाद्धारा मारिएका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै पीडित परिवार नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल आई धर्ना बसेको छ ।

बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरि असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको हो । पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना सुरु गरेको छ । दोषीलाई कारबाही गर्न नन्कुन्नी धोबीका भाइले माग गर्नुभयो ।

बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुठो रिपोर्ट बनाएको र मुद्धा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य सकीना तेलीले बताउनुभयो । स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको उहाँले बताउनुयो ।

पीडित परिवारले आफुहरुको माग पुरा नभएसम्म धर्ना जारी राख्ने बताएका छन् ।

सेयर गर्नुहोस्
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साताको पहिलो दिन यस्तो छ तरकारीको मुल्य

Sun Oct 10 , 2021
असोज २४,काठमाडौ । आइतबार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्यमा सामान्य बृद्धि भएको छ । शनिबार प्रतिकेजी २७ रुपैया २० पैसामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य आइतबार प्रतिकेजी २८ रूपैयाँमा कारोवार भइरहेको छ । आइतबार काउली (स्थानिय)को मुल्यमा १५ रुपैयाँले बृद्धि भएको छ ।  शनिबार प्रतिकेजी ७० रुपैयामा कारोवार भएको […]