रत्न तथा आभुषण महासंघका अध्यक्ष महर्जनको कोभिडका कारण निधन

कार्तिक १,काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष तथा आरबी डाइमण्ड ज्वेलर्सका सञ्चालक रमेश महर्जनको निधन भएको छ ।कोभिड–१९ का कारण महर्जनको निधन भएको परिवारजनले बताए । महर्जनसँगै उनको परिवारका अन्य सबै सदस्यलाई कोरोना संक्रमण भएकोमा अन्य सदस्यलाई निको भएपनि महर्जनको भने उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा असहज महशुस भएपछि महर्जनले गत असोज २६ मा पीसीआर परीक्षण गराएका थिए। पीसीआर परीक्षण गर्दा सीटी भ्यालु २१, २२ सहित उनको रिपोर्ट पोजेटिभ आएको थियो। सोपछि उनी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए।स्वास्थ्य अवस्था क्रमशः बिग्रिँदै गएपछि उनको सोमबार उपचारका क्रममा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ।उनी नेपाल श्रीलंका चेम्बर अफ कर्मसका अध्यक्षसमेत हुन्।

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साफ उपविजेता बनेर फर्किएका फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने सरकारको निर्णय

Mon Oct 18 , 2021
कार्तिक १,काठमाडौं ।  मन्त्रीपरिषद्को बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरुलाई प्रतिव्यक्ति […]