ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना नगरेको उपसभापति गच्छदारको दावी

असोज २१,काठमाडौं ।  नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दावी गर्नु भएको छ ।

बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको चेतावनी समेत दिनु भयो । उहाँले आफू निश्कलंक रहेको पनि पटक–पटक दोहोर्‍याउनु भयो । उपसभापति गच्छदारले भन्नु भयो, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु । फाँसीमा झुण्डिन तयार छु । मेरो चुनौति छ–राज्यसँग । मेरो चुनौति छ कि मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम्पत्ति पनि हिनामिना गरेको छैन । म निष्कलंक छु । ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्धा चलाइएको हो ।’

उपसभापति गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू काँग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुद्धा दर्ता गराएको आरोप समेत लगाउनु भयो ।

सेयर गर्नुहोस्
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्तो छ तरकारीको मुल्य

Thu Oct 7 , 2021
असोज २१,काठमाडौं । बिहीबार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्य स्थिर रहेको छ । बुधबार प्रतिकेजी २७ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य बिहीबार प्रतिकेजी २७ रूपैयाँमा कारोवार भइरहेको छ । बिहीबार काउली (स्थानिय)को मुल्यमा १२ रुपैयाँले गिरावट भएको छ । बुधबार प्रतिकेजी ७८ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य […]