शेयर बजार परिसुचक नेप्से १४ दशमलव ७० अंकले घटयो ,सानिमा बैंकको सर्वाधिक शेयर खरीदविक्री

कार्तिक ४,काठमाडौँ । शेयर बजार परिसुचक नेप्से १४ दशमलव ७० अंकले घटेर २ हजार ५५६ दशमलव ९६ विन्दुमा  पुगेर बन्द भएको छ ।  त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव ६५ अंकले घटेर ४८३ दशमलव ३९ विन्दुमा  पुगेर बन्द भएको छ ।

बिहीबार कम्पनिको २१६ ओटा ६१ लाख ६ हजार ४५२ कित्ता शेयरको ३६ हजार ७६२ पटकमा रू. २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ बरावरको शेयर खरीदविक्री भएको छ ।

बैंकिङ  क्षेत्रको परिसूचक शून्य दशमलव ३९ प्रतिशत, विकास बैंक क्षेत्रको परिसूचक २ दशमलव शून्य ३ प्रतिशत, वित्त क्षेत्रको परिसूचक २ दशमलव शून्य ९ प्रतिशत, व्यापार क्षेत्रको परिसूचक  २ दशमलव १९ प्रतिशत,होटल एण्ड टुरिजम क्षेत्रको परिसूचक१ दशमलव ९५ प्रतिशत,हाइड्रोपावर समूहको क्षेत्रको परिसूचक १ दशमलव ७५ प्रतिशत,निर्जीवन बीमा क्षेत्रको परिसूचक शून्य दशमलव २ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको परिसूचक १ दशमलव ७२ प्रतिशत, जीवन बीमा क्षेत्रको परिसूचक शून्य दशमलव ७३ प्रतिशत र लगानी क्षेत्रको परिसूचक शून्य दशमलव ४४ प्रतिशत घटेको छ ।

सबै भन्दा बढी कारोवार सबै भन्दा बढी कारोवार सानिमा बैंकको भएको छ । बैंकको रू. २७ करोड १२ लाख ९७ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमडीएमएस कार्यान्वयन हुन नसकेकोमा मोबाईल फोन आयातकर्ताको आपत्ति

Thu Oct 21 , 2021
कार्तिक ४,काठमाडौँ । अबैध मोबाईलमा रोक लगाउन मोबाईल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने सरकारको निर्णय अझै कार्यान्वयन हुन नसकेकोमा मोबाईल फोन आयातकर्ताहरुले आपत्ति जनाएका छन । गत साउन १ गतेदेखि लागू गर्ने भनिएको सो प्रणाली ३ महिना बित्न लाग्दा पनि सरकारले अझै कार्यान्वयन गर्न नसकेकोमा मोबाईल फोन इम्पोटर्स एशोसिएशनका […]