सरकार विस्तार गर्दा धेरै महत्वपूर्ण नेताहरु छुटेको प्रधानमन्त्रीद्धारा स्विकार

 

असोज २४,काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विस्तार गर्दा धेरै महत्वपूर्ण नेताहरु छुटेको स्विकार गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले संयुक्त सरकार भएकाले सबैलाई समेटन नसकिएको स्पष्ट पार्दै भोलीका दिनमा सबैलाई समेटेर लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘विश्वेश्वर प्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ नामक पुस्तकको विमोचन गर्दै उहाँले पार्टीलाई योगदान दिएका साथीहरु छुटेकोमा दुःख व्यक्त गर्दै उनीहरुलाई उचित भूमिका दिने आश्वासन समेत दिनु भयो । प्रधानमन्त्री देउवाले शुक्रबार (हिजो) मन्त्रीपरिषदलाई पूर्णता दिनु भएको थियो । तर महत्वपूर्ण नेताहरुलाई समेटन नसकिएको प्रधानमन्त्री देउवाको भनाई छ । उहाँले भन्नु भयो, ‘भर्खरै सरकार बनेको छ । सरकारमा धेरै र महत्वपूर्ण साथीहरु छुटेका छन । पार्टीलाई योगदान दिएका साथीहरु छुटेका छन । संयुक्त सरकार भएकाले सबैलाई समेटन सकिएन । भोलीका दिनमा सबैलाई समेटेर लैजानेछु ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको सो पुस्तक विपीबारे जान्न खोज्ने सबैलाई उपयोगी हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

 

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दावी

Sun Oct 10 , 2021
असोज २४,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ । सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह हुनुहुन्छ । आईतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्धय गोकुलप्रसाद बास्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र […]