अभिनेता राजेश हमालले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक

कार्तिक १७,काठमाडौं ।  अभिनेता राजेश हमाल आफैंले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैले स्वर दिएको र आफ्नै अभियन रहेको ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । दीपक शर्माको गीत तथा संगीत  देवेन्द्र पाँण्डको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ । कार्यक्रममा बोल्दै अभिनेता हमालले आफैले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएकोमा खुसी लागेको प्रतिक्रिया दिनु भयो । उहाँले आफू पाँच कक्षासम्म पढदा गीत गाउने गरेको स्मरण गराउँदै आफूलाई गायक बनाउन सहयोग गर्नु भएको भन्दै गीतकार शर्मा र निर्देशक पाण्डेप्रति आभार व्यक्त गर्नु भयो ।

यता, हमालसँगै अभिनय गरेकी रेश्मा घिमिरेले राजेश हमालसँग अभिनय गर्न पाउनु आफ्नो लागि भाग्यको विषय भएको प्रतिक्रिया दिनु भयो । उहाँले सो अवसर प्रदान गरेकोमा म्युजिक भिडियोका निर्देशक पाण्डेसहितको टिमलाई पनि धन्यवाद दिनु भयो । भिडियोमा अभिनेता हमाल र अभिनेत्री घिमिरेको जोडि जमेको देख्न सकिन्छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परीक्षा उर्तीण गरेकाहरुले पनि चालक अनुमति पत्र पाएनन्

Wed Nov 3 , 2021
कार्तिक १७,काठमाडौं । सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न सकेका छैनन । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न नसकेका हुन् । यातायात व्यवस्था विभागले गत बर्षको भदौं महिनादेखि स्मार्ट लाइसेन्स वितरणको काम […]