उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्छ : सचिव अर्जुन पोखरेल

मङ्सिर ९,काठमाडौं ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताउनु भएको छ ।

बुधबार उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको परिसंवाद कार्यक्रममा बोल्दै उद्योग सचिव पोखरेलले उद्योगीहरुले जग्गा खरिद गरेर उद्योग स्थापना गर्न असम्भव भएकाले सरकारले तोकेको स्थानमा उद्योग खोल्नु पर्ने बताउनु भयो । उहाँले उद्योग स्थापनाका लागि जग्गा प्राप्ति अति महंगो र जग्गा पाउनै मुस्किल भएकाले सरकारले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक ग्रामको नीति ल्याएको बताउनुभयो । सचिव पोखरेले यहि नीति अनुसार उद्योगीहरुले उद्योग स्थापनाको लागि जग्गा खोज्नु नपर्ने तर उद्योगीले सरकारले तोकेको स्थानमा उद्योग खोल्नुपर्ने बताउनुभयो ।

उद्योग सचिव पोखरेलले राज्यलाई व्यवसायीहरुले उद्योगले राज्यलाई तिर्नु पर्ने कर छुट घटाउन भन्न नहुने बताउनु भएको छ । उहाँले राज्यले कर बाट नै सञ्चालन हुने भएकाले राज्यको लागि कर अनिर्वाय भएका बताउनुभयो । उद्योग सचिव पोखरेलले देशको औद्योगिक क्षेत्रको विकास र त्यससँग सम्बन्धित नीति निर्माण गर्दा निजी क्षेत्रसँग सहकार्य गर्ने र विगतमा पनि गरिरहेको बताउनु भयो । उहाँले नेपालमा औधोगिक विकास गर्नको लागि सरकार र निजी क्षेत्र सबै क्षेत्रमा हातेमालो गरेर जानु पर्ने अहिलको आवश्यकता भएको बताउनुभयो । उहाँले हातमाले गर्नको नीजि क्षेत्र पनि आफै जिम्मेवारी हुनुपर्ने बताउनुभयो ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अहिलेको सबैभन्दा ठूलो समस्या उच्च आयात भएको बताउनु भयो । सरकारले निर्यात प्रवर्द्धनका लागि गम्भीर रुपमा नलागेको गुनासो गर्नुभयो । गोल्छाले मुलुकको औद्योगिक क्षेत्रको विकास गर्न सरकारले निर्यातकर्तालाई सम्मानपूर्वक व्यवहार गर्नु पर्ने बताउनुभयो । उहाँले अहिले मुलुकमा उत्पादन भन्दा पनि आयातमा निर्भर भएको बताउनुभयो । उहाँले नेपालमा धेरै लामो समय देखि राजनीतिक दल,सरकार र कर्मचारीहरुले उद्योगका कुरा गर्ने गरेको तर,औधोगिक विकास गर्नको लागि कोही पनि अग्रसर नभएको बताउनुभयो । अहिलेको मुलुकको प्रमुख चुनौती भनेको चुलिदो व्यापार घाटा भएको अध्यक्ष गोल्छाले बताउनुभयो ।

अध्यक्ष गोल्छाले पछिल्लो समय उद्योगले लगानी गर्दा लिएको ऋणको ब्याज र खर्चले पनि उद्योगमा लगानी गर्ने निरुत्साहित गदै गएको बताउनु भयो । बैंकहरुमा अहिले एक महिना भित्र नै ब्याज ३०÷४० प्रतिशतसम्म बढ्दै जाँदा उद्योग थप संकटमा परेको बताउनु भयो ।

त्यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योग मन्त्रालय सरकारको प्राथमिकतामा नपरेको गुनासो गर्नु भएको छ । वरिष्ठ उपाध्यक्ष ढकालले कोरोना महामारी पछि उद्योग सरकारको प्राथमिकतामा पर्न नै नसकेको बताउनु भयो । यो विषयमा सबै उद्योगी व्यवसायी तथा व्यवसायी संगठनहरु जानकार रहेको उहाँले भनाइ थियो । सरकारले मुलुकलाई आत्मानिरर्भर बनाउन उत्पादन उद्योग बढाउने गरी काम उद्योग मैत्री नीति नै नआएको वरिष्ठ उपाध्यक्ष ढकालले बताउनुभयो ।कार्यक्रमा उद्योगी व्यवसायीहरुले उद्योग क्षेत्रमा रहेका हरेक समस्या समाधान सरकारले गर्नु पर्ने तथा देशमा औद्योगिक वातावरणको सिर्जना गर्नको सरकारले विभिन्न प्रयोजनमा लिने कर घटाउन माग गर्नुभएको थियो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल युएई विजनेस काउन्सिल गठन

Thu Nov 25 , 2021
मङ्सिर ९,काठमाडौं । नेपाल युएई विजनेस काउन्सिल गठन भएको छ । बिहिबार काठमाडौं स्थित युएई दुताबास र सिइयो क्लव ग्लोबलले सेन्टर फर डिप्लोम्याटिक डाइलगको सहकार्यमा सो घोषणा कार्यक्रम आयोजना गरेका हुन । नेपाल औषधी उत्पादक संघका अध्यक्ष प्रज्जवल जङ पाण्डेको अध्यक्षतामा नेपाल युएई बिजनेस काउन्सिल गठन गरिएको आयोजकले जनाएका छन् […]