नीजी क्षेत्रको लगानि राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनु पर्छ : अर्थमन्त्री

मङ्सिर ६, काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बेला छ, अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएको बेला नीजी क्षेत्र नीजी स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नीजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्नु भयो । अर्थमन्त्री शर्माले नीजी क्षेत्रको लगानि राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनु पर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले नीजि क्षेत्रका केहि ब्याबसायी आफ्नो स्वार्थमा लागे पनि आम नीजी क्षेत्र आर्थिक विकास र राष्ट्र निर्माणमा रहेको बताउनु भयो । देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकोले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकेको बताउनुभयो ।अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको बताउनु भयो । यहाँले अब सरकारसँग मिलेर नीजि क्षेत्रले ठूला पुर्वाधार निर्माणमा लगानी गर्न आग्रह समेत गर्नु भयो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएकोले अहिले बजारमा तरलताको अभाव नभएको बताउनु भयो । गभर्नर अधिकारीले हामीले अहिले बजारमा भइरहेको तरलताको विषयमा सीसीडी र तरलतालाई तुलना गर्न नहुने बताउनु भयो । उहाँले तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकोले पनि तरलताको समस्या देखिएको बताउनु भयो ।गभर्नर अधिकारीले विश्व अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको बताउनु भयो । यहाँले नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो रिकभरी भएको बतानुभयो । अहिले समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप पर्दै गइरहेको छ। यसरी चाप गर्दा मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको समेत बताउनु भयो ।

त्यस्तै,अध्यक्ष गोल्छाले नेपालमा पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सहयोग लिनु पर्ने बताउनु भयो । उहाँले एमसीसी सहयोग लिँदा नेपाललाई कुनै असर नपर्ने बताउनु भयो । एमसीसी देश विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रमुख भूमिका खेल्ने बताउनु भयो ।

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रम मन्त्रीले बैदेशिक रोजगारीमा जान लागेका युवाहरु ठगिबाट जोगाए

Wed Nov 24 , 2021
मङ्सिर ६, काठमाडौ । विभागिय मन्त्रीले चासो देखाउँदा बैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेण्टहरुको ठगिबाट जोगिएका छन् । भाषा परीक्षा उत्र्तीर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अबैध ढंगले रकम असुल्न खोजेको सुचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ तत्काल पहल कदमी लिँदा युवाहरु ठगिनबाट जोगिएका […]