नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर

मङ्सिर ७,काठमाडौं । नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । .

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थितीमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

यससँगै नेपालमा कोरोनाबिरुद्धको खोप लगाएकाहरुले भारतमा मान्यता पाउँछन् भने भारतमा कोरोनाबिरुद्धको खोप लगाएकाहरुले पनि नेपालमा मान्यता पाउने भएका छन् । यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या भएको थियो । अब भने नेपालमा भारतबाट आइ काम गर्ने कामदार र नेपालबाट भारत गइ ज्याला मजदुरी गर्नेहरुलाई सहज भएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुकालागि जापान र अस्ट्रेलियाको सीमा खुला

Tue Nov 23 , 2021
मङ्सिर ७,काठमाडौं । उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको छ । उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा […]