नेप्से परिसूचक दोहोरो अंकले गिरावट ,४ अर्ब १६ करोड बराबरको शेयर खरिदबिक्री

मङ्सिर ७,काठमाडौं । मंगलबार शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ ।

सोमबारको ७ दशमलव९० अंकले वृद्धि भएको नेप्से मंगलबार ३२ दशमलव२९ अंकले घटेर २ हजार ७३३ दशमलव १४ अंकमा झरेको छ । आज ठूलो कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३ दशमलव ९८ अंक, फ्लोट इण्डेक्स २ दशमलव ५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव १ अंक घटेको छ । कोरोबारमा आएका २२७ कम्पनीको ७४ लाख ४८ हजार कित्ता शेयर ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

मंगलबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने अन्य उपसमूहको परिसूचक ० दशमलव ९४ प्रतिशत बढेको छ। वित्त उपसमूहको परिसूचक सबै भन्दा बढी ३ दशमलव ४ प्रतिशत घटेको छ। विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । नेप्से परिसूचकमा ओरालो लागेपनि सोमबारको तुलनामा कारोबार रकम भने सामान्य बढेको छ। सोमबार ४ अर्बभन्दा कमको शेयर कारोबार भएको थियो ।

आज पनि सबै भन्दा बढी मानुषी लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनी र गणपति माइक्रोफाइनान्सको शेयरमूल्य बढेको छ । त्यस्तै, आईसीएफसी फाइनान्स, एनआईबिएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य घटेको छ । कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको ४१ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर, महालक्ष्मी विकास बैंक र अपि पावरको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिप्रदीयन सहायता संस्थाद्धारा सातौं पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण 

Tue Nov 23 , 2021
मङ्सिर ७,काठमाडौं । सिप्रदीयन सहायता संस्थाद्धारा सातौं पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण गरिएको छ। सिप्रदीयन सहायता संस्थाको सहकार्यमाचौतारा साँगाचोकगढी नगरपालिका– ११,सिन्धुपाल्चोक को नवनिर्मित श्री जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको हो । हस्तातन्तरण समारोहमा सिप्रदीयन सहायता संस्थाका सह–सचिब प्रभाकर मुनंकर्मी, सिप्रदीयन सहायता संस्थाका रजत श्रेष्ठ,विनोद बहादुर सिंह,विमल गौतम, रबिन श्रेष्ठ ,नेपाल पत्रकार […]