न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने

कार्तिक २५,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताउनुभएको हो । उहाँले टिकटक प्रयोगकर्ताले समाजमा ज्ञान प्रवाह गर्ने सकारात्मक कुराहरुको भिडियो बनाउनु पर्ने बताउनुभयो । उहाँले यो कार्यक्रमले समाजमा टिकटकबारे छरिएका विकृतिलाई उजागर गर्ने आशा आफूले लिएको पनि बताउनुभयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले टिकटक लगायतका सामाजिक सञ्जालहरुले सामाजिक मर्यादा कायम गरेर वैज्ञानिक उत्पादनको प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले टिकटक शोले टिकटकलाई विकृतिको थलो नभइ सिर्जनात्मक कुराको थलो बनाउने आशा गरेको बताउनुभयो । अध्यक्ष दाहालले न्यून पारिश्रमीक भएका कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सहयोग गरिदिन सरकारसँग आग्रह गर्नुभयो ।

कार्यक्रमको निर्णायकमा अभिनेत्रीद्वय गौरी मल्ल, वर्षा शिवाकोटी र अभिनेता रमेश उप्रेती रहनुभएको छ । शोमा उत्कृष्ट १० जनाले क्रमशः कार, मोटरसाइकल, स्कुटर, क्यामेरा, ल्यापटप, टेलिभिजन, सातौँ, आठौँ, नवौँ र दशौँले मोबाइल पाउनेछन् । टिकटक स्टार रियालिटी शोमा सहभागी हुनका लागि टिकटकमा अकाउन्ट अनिवार्य हुनुपर्ने नियम बनाइएको छ । त्यस्तै टिकटकको कम्युनिटी गाइडलाइन पालना गरेर १५ सेकेण्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर मङ्सिर मसान्तसम्म अडिसन राउण्डमा पेश गर्नुपर्नेछ । यसबारे बिस्तृत जानकारी शिखर नेपाल टिकटक स्टारको वेबसाइटमा गराइने आयोजकले जनाएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको मुल्य तोलामा १ हजार ३ सयले वृद्धि ,चाँदीको मुल्य पनि २० रुपैंयाले बढयो

Thu Nov 11 , 2021
कार्तिक २५ ,काठमाडौं । बिहिबार सुनको मुल्य प्रतितोला १ हजार ३ सयले वृद्धि भएको छ । बुधवार प्रतितोला ९२  हजार ७ सयमा  कारोवार भएको सुनको मुल्य बिहिबार प्रतितोला ९४ हजारमा कारोवार भइरहेको छ । बिहिबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५ सयमा कारोवार भइरहेको छ । बिहिबार चाँदीको मुल्य […]

यी समाचार पनि पढ्नुहोस्