प्रधानमन्त्री देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानलको उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी

मंसिर ५, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीेले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गर्नु भएको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानलहरु उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गर्नु भयो । आईतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालले सञ्चार माध्यामहरुमा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरु स्वागत गर्न नसकिने स्पष्ट पार्नु भयो । गत मंसीर ३ गते योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गर्नु भएको थियो । प्रधानमन्त्री देउवाले उद्घाटन गर्नु भएको ती दुई च्यानल कानुनसम्मत नभएको प्रवक्ता ज्ञवालीको दावी छ । उहाँले सो च्यानल नेपालको कानुन विपरित राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको प्रारम्भिक प्रतिक्रिया समेत दिनु भयो ।

प्रवक्ता ज्ञवालीले सो टेलिभिजन च्यानलबारे विस्तृत रुपमा छलफल गर्ने जानकारी समेत दिनु भयो । उहाँले कानुनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरुले सधैं स्वागत गर्ने बताउनु भयो । प्रवक्ता ज्ञवालीले पार्टीको दशौं महाधिवेशनमा नेताहरुको व्यवस्थापनका लागि विधान संशोधन गर्ने सम्भावना नरहेको बताउनु भयो । विधानको परिधिभित्र रहेर योग्यभन्दा योग्य नेताहरुलाई नेतृत्वमा चयन गर्ने उहाँको भनाई थियो ।

प्रवक्ता ज्ञवालीले महाधिवेशनमा विधानको विषयले नेतृत्व चयनमा समस्या पारेकाले त्यसलाई समाधान गरेर अघि बढन पहिलो पटक पार्टीको विधान महाधिवेशन छुट्टै आयोजना गर्नु परेको पनि स्मरण गराउनु भयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले उपाध्यक्ष रावलद्धारा पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा

Sun Nov 21 , 2021
मंसिर ५, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । आईतबार रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले चितवनमा मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । […]