राष्ट्रपति भवनबाट शुरु भयो ‘राष्ट्रिय जनगणना २०७८’

कार्तिक २५,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गर्नुभएको छ ।

बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गर्नुभएको हो । आजबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२ औँ राष्ट्रिय जनगणना शुरु भएको हो । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरुले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिनुभएको थियो । केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधवार बिहान राष्ट्रपति निवासमा पुग्नुभएको थियो ।

जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरु समावेश गरिएको छ । देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता ’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ । देश भरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चारधामलाई समेटेर शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्छ : पर्यटन मन्त्री

Thu Nov 11 , 2021
कार्तिक २५,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेले भगवान शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ को उद्घाटन गर्दै मन्त्री आलेले भगवान शिवले बास गरेका चार धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, […]