सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्छ : डा भट्टराई

मङ्सिर ७,काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आएको बताउनु भएको छ ।

सोमबार नेपाल बार एशोसिएशनले ज्ञापन पत्र बुझाएपछि उहाँले न्यायालयको विकृति र विसंगति अन्त्यका लागि नेपाल बारले उठाएको आन्दोलन व्यक्ति विशेषका लागि नभएको पनि स्पष्ट पार्नु भयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले अदालतमा देखिएका ती समस्याबारे बोल्न दलहरुले अव ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले राज्यका अंगभित्र भएका समस्या आफै हल गरुन भन्ने आफूहरुको चाहना रहेपनि अव सत्तारुढ गठबन्धनले त्यो समस्या समाधानका लागि चाँडै पहल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘राज्यका अंग भित्र भएका समस्या आफै हल गरुन भन्ने हाम्रो चाहाना हो,तर, अहिले गठबन्धनको एउटा राजनीतिक संयन्त्र बनेको छ, यो राजनीतिक संयन्त्रले अब चाडै न्यायालयको समस्याको विषयमा साझा धारणा बनाएर निकास खोज्ने प्रयास गर्नेछ । समाजवादी पार्टीको धारणा पनि राज्यका संरचनामा समस्या छ । यस्ता समस्याको विषयमा छलफल हुनुपर्छ । अव कुनै पनि बहानामा यसलाई संरक्षण गर्नु हुँदैन भन्ने धारणा छ ।’

अध्यक्ष भट्टराईले अदालतको बारेमा कानुन व्यवसायीहरुले उठाएको विषय स्वभाविक भएको पनि बताउनु भयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुन्छ : राष्ट्रपति

Tue Nov 23 , 2021
मङ्सिर ७,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताउनु भएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश नं २ को सभ्यता र पर्यावरणमा चुरेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । प्राचीन ऋषिमुनिको तप र साधना […]