सामाजिक सद्भाव र शान्ति प्रवद्र्धनका लागि धर्म गुरुहरुबीच राष्ट्रस्तरीय अन्तर साँस्कृतिक सम्वाद कार्यक्रम

कार्तिक २८,काठमाडौं । सामाजिक सद्भाव र शान्ति प्रवद्र्धनका लागि धर्म गुरुहरुबीच राष्ट्रस्तरीय अन्तर साँस्कृतिक सम्वाद कार्यक्रम भएको छ ।

आईतबार ललितपुरमा आयोजित कार्यक्रममा अन्तर धार्मिक गुरुहरुले देशमा भइरहेको अन्तर धार्मिक समस्याहरुको बारेमा सम्वाद गरेका हुन् । अन्तर धार्मिक शान्ति महासंघ नेपालको आयोजनामा भएको कार्यक्रममा अन्तर धार्मिक शान्ति महासंघ नेपालका महासचिव महेन्द्र भट्टराईले बाहिरी प्रभावका कारण देशमा विभिन्न धर्मप्रति भइरहेका हस्तक्षेप र प्रभावको बारेमा छलफल भएको बताउनुभयो । उहाँले देशमा धार्मिक सामञ्जस्यको खाँचो रहेकोले त्रुटिलाई सच्याउन र समाजमा धार्मिक सामञ्जस्यता कायम गर्नका लागि सम्वाद कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

महासचिव भट्टराईले भन्नुभयो, ‘अहिले नेपालमा धार्मिक सचेतता, धार्मिक जागरण बढ्दै गएको छ, यो सबै धार्मिक समुदायमा छ, हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन, कविरमा छ, यो सबैमा समाञ्जस्य ल्याउनलाई पहल गरिएको छ, बाहिरी प्रभावले जुन सामञ्जस्य एकअर्कालाई सद्भाव र आदरसम्मानमा अलिकति हस्तक्षेप र दखल भएको छ,पूर्वाग्रह छ, क्रिश्चियनहरु डलर खाने, मुसलमान बाहिरबाट चल्ने, हिन्दुहरुले धेरै जनसंख्या भएकोले हेप्यो भन्ने छ, त्यो सबै सत्य होइन, तिनीहरुलाई सपारौँ, सकारात्मक राख्न सकौँ, भन्ने हो, अहिले यसमा सरकारले, मानव अधिकार कर्मी, मानव अधिकार आयोगले चासो देखाउनु पर्ने जति देखाएको छैन ।’

कार्यक्रमका सहजकर्ता डा. शोभाकर बुढाथोकीले समाजलाई सही दिशातर्फ लैजानका लागि कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले अन्तर धार्मिक समुदायका बीचमा अवाञ्छित तत्वहरु सक्रिय भएको भन्दै त्यसतर्फ सचेत गराउने कार्यक्रमको लक्ष्य भएको बताउनुभयो ।कार्यक्रम सहजकर्ता बुढाथोकीले गलत गतिविधिलाई धर्मको आवरण दिएर कुकृत्य हुने गरेको आरोप समेत लगाउनुभयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चन्द्रागिरि हिल्सलाई नेपालकै बेष्ट लक्जरी रिर्सोटको अवार्ड

Sun Nov 14 , 2021
कार्तिक २८,काठमाडौं ।  यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ चन्द्रागिरि हिल्स रिसोर्टलाई  प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा  आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेम बहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्य सभाका सांसद विजय गोयलले उक्त […]