सिप्रदीयन सहायता संस्थाद्धारा सातौं पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण 

मङ्सिर ७,काठमाडौं । सिप्रदीयन सहायता संस्थाद्धारा सातौं पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण गरिएको छ।

सिप्रदीयन सहायता संस्थाको सहकार्यमाचौतारा साँगाचोकगढी नगरपालिका– ११,सिन्धुपाल्चोक को नवनिर्मित श्री जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको हो । हस्तातन्तरण समारोहमा सिप्रदीयन सहायता संस्थाका सह–सचिब प्रभाकर मुनंकर्मी, सिप्रदीयन सहायता संस्थाका रजत श्रेष्ठ,विनोद बहादुर सिंह,विमल गौतम, रबिन श्रेष्ठ ,नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि परिषदका सदस्य ज्ञानेन्द्रप्रसाद तिमिल्सिना,स्काई लाइन आर्किटेक र निर्माण कम्पनी टक्सार अवालेको पनि उपस्थिति रहेको जनाइएको छ ।

टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्था सँगको साझेदारीमा  २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको र पुनर्निर्माण संगै सातवटै विद्यालयको हस्तान्तरण गरिएको सिप्रदीयनले जनाइएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुन्छ : प्रचण्ड

Tue Nov 23 , 2021
मङ्सिर ७,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताउनुभएको छ । मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताउनुभएको हो । […]