सुदूरपश्चिममा मिर्गौला पिडितलाई उपचारमा समस्या

कार्तिक १६,काठमाडौं ।  सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ ।

सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडौंनै जानुपर्ने बाध्यता रहेको छ । डायलासिसका लागी अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शैयामा ज्यान गुमाइरहेका छन,भने कतिपय बिरामीहरू पालो कुरिरहेका छन् । अस्पतालको फार्मेसीमा मिर्गौला डायलासिसको सामान्य औषधी पनि नपाइदा बिरामीहरू चर्कोमूल्य तिरेर निजी फार्मेसीबाट औषधी खरिद गर्न बाध्य छन् । प्रदेशका एक मात्र स्थान सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा उपलब्ध भए पनि सेवा त्यति प्रभावकारी नबन्दा सेवाग्राही हैरानी खेप्न बाध्य छन् । ६ वटा मेसिनबाट मात्रै सेवा प्रदान भइरहँदा बिरामीहरूले पालो कुर्नै पर्ने बाध्यता रहेको छ । झन् त्यसमा अस्पतालको फार्मेसीमा डायलासिसको लागी सामान्य औषधी समेत नपाइदा झनै समस्या भइरहेको बिरामीका आफन्तहरूको गुनासो छ ।

सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ्ग हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ । अस्पताल सँग १० वटा मेसिनबाट सेवा प्रदान गर्ने सहमति भएपनी हाल ६ वटा मेसिन मात्रै सञ्चालनमा छन् । एक हप्तामा हाल ५३ जनाले डायलासिस सेवा लिइरहेको विरंग हेल्थ केयरका व्यवस्थापक दीपक भट्ट बताउनुहुन्छ । सामान्य डायलासिसको सेवा यहाँ प्रदान गरिए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाडौँ अथवा भारत नै जानुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

बढ्दो पत्थरी, मधुमेह, उच्च रक्तचाप र अस्त व्यस्त जीवन शैलीका कारण नै किट्नी फेल हुने क्रम बढ्ेकोे विभिन्न अध्ययनहरुले देखाएका छन् । सरकारले डायलासिस सेवा निःशुल्क गरे पनि फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न आर्थिक नहुँदा अस्पतालमै ज्यान जाने होकि चिन्तामा उनीहरू छन् ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिहारमा बिजुलीको अभाव हुदैन : कुलमान घिसिङ

Tue Nov 2 , 2021
कार्तिक १६,काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बिजुलीको अभाव नहुने बताउनुभएको छ । मंगलवार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको हो । उहाँले यस वर्षको तिहारमा करिव १५ सय मेगावाट प्रयोग हुनसक्ने […]